k|ltkIfsf ;f+;bx? dfu /fVb} lj/f]wdf sf7df8f}F, @* j}zfv M k|ltlglw;efsf] rf}yf] clwj]zgsf] klxnf] lbg z'qmaf/ ;'¿ ePsf] a}7sdf ;xsf/L 5fgljg ;ldlt u7g ug{'kg]{ dfu ub}{ k|d'v k|ltkIfsf ;f+;bx¿ lj/f]w ub}{ . tl:a/ M /Tg >]i7÷ /f;;

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन
काठमाण्डाै,१ जेठ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे अवराेधका कारण संघीय संसद्काे दुवै सदनकाे बैठक स्थगित भएकाे छ ।

राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बसेकाे प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदले नाराबाजी गर्दै बैठकमा अवराेध गरेका हुन् ।

साे बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियाे । तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेस सांसदले नाराबाजी गरी अवराेध गरेसँगै सभामुख देवराज घिमिरेले अर्काे बैठक पर्सि बिहीवार बिहान ११ बजे बस्नेगरी स्थगित गरे ।

कांग्रेसको अवरोधका कारण राष्ट्रिय सभामा पनि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन । कांग्रेसकाे अवरोधपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पर्सि बिहीवारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

संसद्काे दुवै सदनकाे बैठकमा कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समितिको माग गर्दै नाराबाजी गरेकाे हाे । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सरकारसँग माग गर्दै आएको छ ।