बुटवल,३१ वैशाख ।
क्रिकेटर सन्दीप लामिछानेको न्यायका लागि भन्दै सर्वोच्च अदालत परिसर अगाडि नाराबाजी गरेको आरोपमा डा निकोलस भुसाल पक्राउ परेका छन् ।
भुसाललाई आइतबार साँझपख नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । सन्दीपको मुद्दाको फैसला तत्काल गर्नुभन्दै भन्दै नाराबाजी गरेपछि प्रहरीले भुसालसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
भुसाल अहिले पनि प्रहरी हिरासतमै रहेको एसपी अधिकारीले बताए ।
क्रिकेटर सन्दीप लामिछानेको न्यायका लागि भन्दै भुसालको नेतृत्वमा शुक्रबार बुटवलमा समेत प्रदर्शन भएको थियो ।






