काठमाडौँ,३० बैशाख ।
सन्दीप लामिछानेलाई न्यायकाे माग गर्दै सर्वोच्च अदालत अगाडि
प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अभियन्ता तारा बरालसहित ६ जना रहेका छन् ।
लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आइतबार तारा बरालसहित सर्वोच्च पुगेका ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनीहरूलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । केही दिनअघि सन्दीप पक्षधरले माइतीघरमा प्रदर्शन समेत गरेका थिए ।
लामिछानेका समर्थकहरूले शुक्रबार बुटवलमा पनि प्रदर्शन गरेका थिए ।






