काठमाडौँ,३० बैशाख ।
नेपाल सरकारका २२ जना उपसचिवहरूको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती उपसचिवहरूको सरुवा गरेको हो ।

वैशाख ३० गतेकाे निर्णय अनुसार २२ जना उपसचिवहरूको सरुवा गरेको मन्त्रालयले जनाएको छ । सरुवा गरिएका उपसचिवहरूलाई संघीय सरकारको मन्त्रालय तथा आयोग र एकाधलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ ।

पछिल्लो समय आर्थिक वर्षको अन्त्यतिर माथिल्लो तहका कर्मचारीहरूको सरुवा गरिएको भन्दै कर्मचारी वृत्तमा आलोचना शुरु भएको छ । विशेष गरी प्रमुख प्रशासकीय अधिकृतको हकमा यसरी सरुवा गर्दा कामकारबाहीमा असर पर्ने बताइएको छ ।