बुटवल,२९ बैशाख ।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सिए छविलाल पोखरेललाई चयन गरिएको छ ।

संघको शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट प्रदेश तथा रुपन्देही जिल्लाको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

अधिवेशनबाट प्रदेश समितिको सचिवमा सिए उपेन्द्र न्यौपाने (बाँके), कोषाध्यक्षमा सिए सुशील ज्ञवाली (रुपन्देही), सलस्यहरुमा सिए बालकृष्ण पाण्डे (रुपन्देही) र सिए दीपक सेटी (दाङ) लाई चयन गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ सिए रुपेश महेश्वरीले जानकारी दिए ।

त्यसैगरी रुपन्देहीको अध्यक्ष पदमा सिए कमल ज्ञवालीलाई चयन गरिएको छ । उपाध्यक्ष पदमा सिए महेश घिमिरे, सचिवमा सिए सगुन खनाल, कोषाध्यक्षमा सिए विजय न्यौपानेलाई चयन गरिएको छ । जिल्ला कार्यसमिति सदस्यहरुमा सिए सन्तोष न्यौपाने, सिए ध्रुव पौडेल, सिए केशव बस्याल, सिए अच्युत पाण्डे, सिए सुमन नेपाललाई चयन गरिएको निवर्तमान अध्यक्ष सिए प्रदिप भट्टराईले जानकारी दिए ।

शनिबार नै केन्द्रीय ३५ औं अधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको निर्वाचन बुटवलमा सम्पन्न भएको छ । सिए हरि लम्सालका अनुसार निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ ।

एक्यानमा लुम्बिनी प्रदेशमा रहेका १०९ जना मध्ये ९१ जनाले मतदान गरेको केन्द्रीय प्रतिनिधि दीपक ज्ञवालीले बताए । एक्यानको नेतृत्व लिनको लागि केन्द्रीय अध्यक्ष पदमा सिए रमेश धिताल र सिए अरुण राउत प्रतिस्पर्धामा छन् ।