बुटवल,२८ बैशाख ।
प्रहरीको हस्तक्षेपका बाबजुद राष्ट्रिय संयुक्त संघर्ष समितिले आजदेखि बुटवलमा सत्याग्रह सुरु गरेकाे छ ।

राष्ट्रिय संयुक्त संघर्ष समिती लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिराज भण्डारी,महिला बिभाग प्रमुख सकुन्तला आचार्यकाे नेतृत्वमा
बुटवलको बसपार्क अगाडि सुरु गरिएको सत्याग्रह कार्यक्रममा अभियन्ता डा निकाेलश भुसालले पनि ऐक्यबद्धता जनाएका थिए ।

संघियताको खारेजी,प्रत्यक्ष कार्यकारी प्रमुखको माग गर्दै उनिहरूले नेताहरु समयमै नसच्घिए आफुहरु काठमाडौंंमा गयर नेताहरुलाई भगाउने चेतावनी समेत दिए ।

आफुहरुले गरेको आन्दोलन लाई प्रहरी प्रशासनले दवाउन खोजेको बताउदै उनिहरूले अन्याय र अत्याचारका बिरूद्व आफुहरू जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी दिए ।

उनिहरूले क्रिकेटर सन्दिप लामिछानेलाई छिटो न्याय दिन समेत माग गरेका थिए ।

यसअघि आज दिउँसो धर्नामा बस्न लागेका उनिहरूलाईमा प्रहरीले हटाएको थियो ।