“मन मिले चमत्कार,नमिल्दा बलात्कार ?”
बुटवल,२८ बैशाख ।
क्रिकेटर सन्दिप लामिछानेलाई छिटो न्याय दिनुपर्ने माग गर्दै आज पनि युवाहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।
युथ फर नेशनकाे ब्यानरमा आयाेजित प्रदर्शनमा सन्दीप लामिछानेलेलाई न्याय दे, “मन मिले चमत्कार,नमिल्दा बलात्कार ?”, स्वदेशमै काम गरेर खान दे,उद्योगी ब्यवसायी तथा आम नागरिकलाई बाच्न दे जस्ता नारा लगाएका थिए ।
अदालतले न्याय निरूपणमा ढिलाइ गर्दा लामिछाने विश्वकप खेल्नबाट बञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै उनिहरूले छिटो न्याय निरूपण गर्नुपर्ने माग गरे ।
बुटवलको बसपार्क अगाडि भएको काेणसभामा अभियन्ता डा निकाेलस भुसालले पहुँचवालाहरूकाे मुद्दामा अदालतले अग्राधिकार दिएर हेर्ने गरेको तर सामान्य मानिसको हकमा अनावश्यक ढिलाइ गर्ने गरेको दाबी गरे ।








