बुटवल,२८ बैशाख ।
बुटवलमा जारी अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल समिकरण पूरा भएको छ ।

आज भएको सेमिफाइनल खेलमा बुटवल उपमहानगरपालिकाले सुद्वाेदन गाउपालिकालाई ३-० काे साेझाे सेटमा हराउँदै फाइनलमा पुगेको छ भने तिलाेत्तमा नगरपालिकाले गैडहवा गाउपालिकालाई ३-० कै साेझाे सेटमा हराउँदै फाइनलकाे यात्रा तय गरेको छ ।
भाेली हुने फाइनलमा बुटवल उपमहानगरपालिका र तिलाेत्तमा नगरपालिकाकाे टोली उपाधिका लागि भिड्नेछन् ।
तेस्रो स्थानका लागि भने गैडहवा र सुद्वाेदनबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक सेरजंग गुरूङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार,उपविजेताले ३० हजार,तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।
बुटवल नगर खेलकुद विकास समितिद्वारा आयाेजित प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाकाे सहभागीता रहेको छ ।








