सल्यान,२७ बैशाख ।
सल्यानमा १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा कुपिण्डे नगरपालिका-९ जयतपानीका २८ बर्षिय बीरबहादुर डाँगी रहेका छन् ।
उनलेे जिल्लाकाे त्रिवेणी गाउँपालिकाकी ती बालिकालाई भान्जी नाता लगाइ ललाइफकाइ जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार गत वैशाख १० गते राति करिब ११ बजेतिर डाँगीले सामान किनेर ल्याइदिएको छु लिन आउ भन्दै बालिकालाई घरबाट बोलाएका थिए ।
त्यसपछि जंगलमा लगेर जबरजस्ती करणी गरी फरार भएका थिए । कसैलाई भने मार्ने धम्की दिए पनि बालिकाले आफन्तलाई सुनाएको र आफन्तले त्रिवेणी गाउँपालिकाको लुहाममा रहेको प्रहरीमा दिएको जाहेरीका आधारमा डाँगीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका डाँगीलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अहिले हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








