काठमाडौं,२७ वैशाख ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल र
उमेशराज जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ढकाल र जोशीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बढुवा समितिले ३ वैशाखमा ढकाल र जोशीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

यही बीचमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स गएको कारण जनाउँदै बढुवा रोकिएको थियो ।