“मन मिले चमत्कार,नमिल्दा बलात्कार ?”
बुटवल,२७ बैशाख ।
क्रिकेटर सन्दिप लामिछानेलाई न्याय दिनुपर्ने माग गर्दै युवाहरूको एक समुहले बुटवलमा प्रदर्शन गरेकोे छ ।

युथ फर नेशनकाे ब्यानरमा आयाेजित प्रदर्शनमा सन्दीप लामिछानेलेलाई न्याय दे, “मन मिले चमत्कार,नमिल्दा बलात्कार ?”, स्वदेशमै काम गरेर खान दे,उद्योगी ब्यवसायी तथा आम नागरिकलाई बाच्न दे जस्ता नारा लगाएका थिए ।

न्याय निरूपणमा अदालतले ढिलाइ गर्दा लामिछाने विश्वकप खेल्नबाट बञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै उनिहरूले छिटो न्याय निरूपण गर्नुपर्ने माग गरे ।
बुटवलको राजमार्ग चाैराहमा जम्मा भएका युवाहरू चाैराहमा संक्षिप्त काेणसभा पछि अभियन्ता डा निकाेलस भुसालको नेतृत्वमा मिलनचाेक,बसपार्क,अस्पताललाइन हुदै ट्राफिक चाेकसम्म प्रदर्शन गरेका थिए ।








