बुटवल,२७ बैशाख ।
बुटवलको कालिकानगर स्थित बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् ।
डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको र विभिन्न औषधि मिलाएर लागुऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक कमलबहादुर विकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार लागु औषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा प्रहरीले फार्मेसीमा छापा मारेको थियो ।
डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको, केही औषधिहरू लागु औषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको प्रमुख पण्डितको दाबी छ । घटना बारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।








