बाँके,२७ बैशाख ।
लागु औषध काराबारीलाई पक्राउ गर्न बाँकेको कोहलपुरमा प्रहरीले गोली चलाएको छ । कोहलपुरको चप्परगौडीमा लागु औषधको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र बाँके प्रहरीको टोली त्यहाँ पुगे लगतै कारोबारीहरु भागेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले लागु औषध कारोबारी सुशील परियार र अर्का कारोबारी शरणबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएका प्रहरी निरक्षिक रुपेस बिस्ट र प्रहरी सहायक निरीक्षक बालकृष्ण सन्जेल सहितको टोलिले गोली हानेर कोहलपुरको चप्पलगौंडीबाट घाइते परियार र कार्कीलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । परियार सहितको टोलि भाग्न खोजेपछि गोली चलाउनु परेको उनकाे भनाइ छ ।
उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।






