नवलपरासी,२६ वैशाख ।
चट्याङ लागेर पश्चिम नवलपरासीमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सुस्ता गाउँपालिका-५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरी रहेकी छन् ।
मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैंचातिर गएको समयमा चट्याङ लागेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।
उनको शव गाउँभन्दा बाहिरको आँपको रुखमुनि फेला परेको हो । मृतकका दुई छोरा र एक छोरी रहेका छन् ।
उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन् ।








