शीर्ष नेताको बैठक काठमाडौँ, २५ वैशाख ः सभामुख देवराज घिमिरेको आव्हानमा मङ्गलबार सिंहदरबारमा संसदको बजेट अधिवेशनको सम्बन्धमा बसेको शीर्ष नेताको बैठक। तस्बिर ः प्रदिपराज वन्त÷रासस

काठमाण्डाै,२५ बैशाख ।
संसदको बजेट अधिवेशन सहजरूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको अडान कायमै राखेपछि बैठक विना निष्कर्ष सकिएको हो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि प्रश्न उठेपछि र उजुरी नै दर्ता भएको अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्ने विषय आफूहरूको ‘बटमलाइन’ भएको बताएका थिए । कांग्रेसको साे अडानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू असहमत भएपछि बैठक कुनै निस्कर्षमा नपुगी टुंगिएको हो ।

कांग्रेस सचेतक लेखकले बजेट अधिवेशनमा सदन चल्ने/नचल्ने कुरा सरकारको भूमिकामा निर्भर रहने बताए । संसदको बजेट अधिवेशन आउँदो शुक्रवारदेखि शुरु हुँदैछ ।