काठमाडौँ,२३ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीहरुको इसारामा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।
आइतबार पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौंमा आयोजना गरेको महिला भेलालनई सम्बाेधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डकाे प्राथमिकता सत्तामात्रै रहेको दाबी समेत गरे ।
सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काममात्रै ठूला दलहरुले गरिरहेको उनको भनाइ थियो । उनलेे देशलाई लुटाहाहरुबाट मुक्त गराउनका आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे । मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै उनलेे त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
आफूहरुले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको भन्दै
अध्यक्ष लिङ्देनले त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको बताए ।








