काठमाडौँ,२३ बैशाख ।
सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजित भएको छ । उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा पार्टी विभाजित भएको हो ।
संघीय संसद्का ७ जना सांसद सहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू दल दर्तका लागि निर्वाचन आयोगमा निवेदन दिएको सांसद प्रदीप यादवले जानकारी दिए ।
विभाजित दलमा सहभागी हुनेमा संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् । प्रतिनिधि सभामा जसपाका १२ सांसद रहेका थिए । ७ सांसद राई नेतृत्वको पार्टीमा गएपछि जसपा नेपालको यादव पक्षमा ५ सांसद मात्र बाँकी रहेका छन् ।
राईको नेतृत्वमा गठित पार्टीको नाम ‘जसपा’ मात्र राखिएको छ ।
पार्टीभित्र आफूखुसी गर्ने र आफ्ना सांसदको अपमान गर्ने काम भएकोले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेकाे नेता प्रदीप यादवले बताए ।







