काठमाण्डौ,२२ बैशाख ।
इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा ब्रिटिश आर्मीसँग गोलरहित बराबरी खेलेको छ ।
गएराति एल्डरशटको मिलिटरी स्टेडियममा भएको खेल बराबरीमा सकिएको हो ।
दुई खेल खेल्न इङ्ल्यान्ड पुगेको नेपाली टोलीले अब मे ६ तारिख अर्थात् पर्सि सोमवार इङ्ल्यान्ड सी सँग खेल्नेछ ।








