गुल्मी,२१ बैशाख ।
गुल्मीकाे मालिकामा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मालिका गाउँपालिका १ रातामाटाका ४६ वर्षीय लालबहादुर बिक रहेका छन् ।

उनको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी शंकर पोखरेलले बताए ।

बिहीबार बेलुका ८ बजे ‘घरमा आमालाई मेरो टाउकोमा चोट छ, स्वास्थ्य चौकी जान्छु’ भन्दै हिँडेका बिक शुक्रबार बिहान आफ्नै घरको शौचालयबाट २५ मिटर तल मृत अवस्थामा श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । मृतक लालबहादुरले दैनिक मदिरा पिएर हिँड्ने र बिहीबार बेलुका पनि मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।