बुटवल,२० बैशाख ।
गुल्मी पुर्कोट म्यालपोखरी रुपन्देही सेवा समाजले प्राणघातक क्यान्सर रोग लागेर काठमाण्डौमा उपचाररत मदाने गाउँपालिका वडा नम्बर चारका भोज बहादुर बोहोरा र हाल बुटवल उपमहानगरपालिका वडा न १२ वस्ने अर्जुन थापालाई ४८ हजार १५ रूपयाँ सहयोग गरेको छ ।
जसमध्ये भोज बहादुर बोहोरा लाई रु २३५०३।– र अर्जुन थापालाई रु २४५१३ प्रदान गरिएको गुल्मी पुर्कोट म्यालपोखरी रुपन्देही सेवा समाजका सचिव श्री दामोदर पोख्रेलले जानकारी दिए ।
दुबै जना विरामीहरु काठमाण्डौमा उपचाररत भएकाले निजहरुको बैक खतामा उक्त रकम जम्मा गरिएको उनलेे बताए ।
निजहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण समाजकाे २०८१÷०१÷१५ गतेको निर्णय अनुसार आर्थिक सहयोग अभियान अन्तर्गत गैनी डाँडागाउ सहकार्य संस्था मदाने गाउँपालिका वडा-४ गुल्मीका अध्यक्ष बालाराम पुरी र पदाधिकारी सदस्यहरुवाट प्राप्त १३ हजार ४० रूपयाँ तथा गुल्मी पुर्कोट म्यालपोखरी रुपन्देही सेवा समाज मार्फत प्राप्त रकम र गुल्मी पुर्कोट म्यालपोखरी रुपन्देही सेवा समाजका पदाधिकारी सदस्य तथा अन्य व्यक्तिहरुको सहयोगमा प्राप्त भएको कुल ४८ हजार १५ रूपयाँ प्रदान गरिएको समाजले जनाएको छ ।