काठमाडौँ,२० बैशाख ।
नक्कली प्रमाणपत्र लिएको आराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गा प्रसाद भट्टराईविरुद्ध आरोप पत्र दायर गरेको छ ।

अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा सो प्रमाण पत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले सो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको हुँदा भट्टराईलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।