नवलपरासी,१९ बैशाख ।
१३५ औं अन्तरास्ट्रिय मजदुर दिवसको अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच ऐतिहासिक एकताको सन्दर्भमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपरासीको आयोजनामा खुसियाली साटासाट सहित अन्तरक्रिया कार्यक्रम बर्दघाटमा सम्पन्न गरिएको छ ।

महासंघका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक ज्ञान बहादुर के.सी.को अध्यक्षता, क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला सहसंयोजक गणेश बहादुर ढकालको प्रमुख आतिथ्यता, नेकपा ( मशाल) का जिल्ला सेक्रेटरी भिम छ्न्त्यालको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा क्रान्तिकारी महिला संगठनका जिल्ला संयोजक मुक्त माया महतोलगायतले मन्तब्य राखेका थिए ।

सो कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रदेश सदस्य सुर्य सापकोटा,अखिल नेपाल रास्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाल, क्रान्तिकारी युवा संगठनका जिल्ला संयोजक तरुण श्रीस, प्रेम पोखरेल,गोबिन्द बहादुर साठिघरेलगायतको आतिथ्यता रहेको थियो ।