कांग्रेस पाल्पाद्वारा श्रमिकहरू सम्मानित
पाल्पा,१९ बैशाख ।
नेपाली कांग्रेस पाल्पा सभापति हिमाल दत्त श्रेष्ठले गफ दिने तर काम नगर्ने बानीले देशकाे अवस्था बिग्रिएकाे भन्दै अब कर्म गर्नुपर्ने बताएका छन् ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति पाल्पाले आयाेजना गरेको श्रमिक सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति श्रेष्ठले अबको युग कर्म गर्ने युग भएको बताएका हुन ।

उनले भने- “अब युग लिङ्ग बिशेषकाे युग हाेइन,भुगाेल विशेषकाे युग हाेइन,जाति विशेषकाे युग पनि हाेइन, अबकाे युग कर्म गर्नेको युग हो । जस्ले कर्म गर्छ उसले फल पाउछ । त्यसैले सबैले आफ्नाे पदिय दायित्व र जिम्मेवारी अनुसार कर्म गराै ।”

वि स २००३ सालमा विपि काेइराला,गिरिजा प्रसाद काेइरालाले जुट मिलमा काम गर्दा शुरू गरेको राणा विरूद्वकाे मजदुर संघर्षकाे अभियानले वि स २००७ सालकाे परिवर्तनकाे रेखा काेरेकाे बताउदै सभापति श्रेष्ठले त्यसैले पनि ट्रेड युनियन कांग्रेस सँग नेपाली कांग्रेस पाटीकाे छुट्टै किसिमकाे सामिपित्यता एवम भावना जाेडिएकाे बताए ।

उनलेे नेपाली कांग्रेस पाल्पाले ट्रेड युनियन कांग्रेसमा आवद्व रहेका भातृ एवम सुभेच्छुक संघहरूसँग जाेडिन चाहिरहेकाे बताए । ट्रेड युनियन कांग्रेसमा आवद्व नेपाली कांग्रेसका भातृ एवम शुभेच्छुक सँघ संस्थाका पदाधिकारीहरूले आफ्नाे पदिय दायित्व र जिम्मेवारी अनुसार गतिविधिहरूलाई चलाएमान बनाउन समेत उनलेे आग्रह गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण रायमाझी,नेपाल शिक्षक संघका केन्द्रीय सदस्य दिपक ज्ञवाली ,नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल,त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका स्वयु सभापति कृष्ण अर्याल, ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति पाल्पाका सल्लाहकार चित्रवली राम सुवाल,नेपाल ब्युटिसियन संघ पाल्पाका अध्यक्ष बबिता बिस्ट लगाएतले नेपाली कांग्रेस र श्रमिकको सम्बन्ध बारे आ आफ्नो धारणा राखेका थिए ।

ट्रेड युनियन कांग्रेस पाल्पाका सभापति निलकण्ठ देवकाेटाकाे अध्यक्षता र सचिव लाेक नाथ अधिकारीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हाे ।

यसैबिच नेपाली कांग्रेस पाल्पाले नेपाल ट्रेड युनियन कांग्रेस पाल्पामा आवद्व भातृ एवम शुभेच्छुक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । कांग्रेस पाल्पाले १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा खादा र टीका लगाएर सम्मान गरेको हाे ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण अधिकारी,नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण रायमाझी,नेपाली कांग्रेसका नेता विधान श्रेष्ठ लगाएतकाे उपस्थिति रहेको थियाे । कांग्रेस पाल्पाले नेपाल प्रेस युनियन पाल्पा,ब्युटिसियन संघ पाल्पा,नाई संघ पाल्पा,भुपु शैनिक संघ लगाएतमा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको हाे । कार्यक्रमकाे सञ्चालन नेपाली कांग्रेस पाल्पाका सचिव सुनिता अधिकारीकाे सञ्चालनमा सम्पन्न भएको थियाे