कपिलवस्तु,१९ बैशाख ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् ।

मृत्यु हुनेमा वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोल बस्ने ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल रहेका छन् ।

उनिहरू बुधबार बिहान साढे ८ बजेतिर घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन् । घटना हुँदा घरमा कोही नभएको बताइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।