बुटवल,१८ बैशाख ।
प्रधानमन्त्री प्रचण्डका जन सम्पर्क बिज्ञ बुद्धि जिसिले गुल्मीको मदाने गाउपालिकाको बिकासमा त्यस क्षेत्रका संघ ,प्रदेश लगायत बिभिन्न निकायमा कार्यरत कर्मचारीहरु बाट पनि उल्लेख्य सहयोग भएको बताएका छन् ।
गुल्मी सिर्सेनी समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको नव बर्ष २०८१ को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा जिसीले उक्त कुरा बताएका हुन ।
पुर्व मन्त्री राम कुमारी झाक्रीको पहलमा शुरु भएको सिमल्टारि सिर्सेनि हुदै भेडिखाेर जाने सडक लाई बहु बर्षिय कार्यक्रम अनुसार काम अगाडी बढाइएको उनलेे बताए । उनलेे सिर्सेनि रियाले माविको भवन निर्माण तथा बाङ्रा खानेपानी आयोजना लाइ अझै व्यवस्थित गरेर धुर्कोट लाई समेत खानेपानीको सहजता ल्याउन आवश्यक पहल गर्ने पनि बताए । साथै समग्र सिर्सेनीको बिकासका लागी आफु सदैव सहयोगी रहने उनले प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा समाजका संस्थापक सल्लाहकार तथा बुटवल उधोग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले मदानेमा उत्पादित बस्तु लाई आवश्यक बजारीकरणका लागी प्रबन्ध गरेर त्यहाको जनशक्ति लाई आत्मनिर्भर बनाउनु पर्ने बताए ।
स्थापना भएको तिन बर्षको अवधिमा सिर्सेनि समाजले सिर्सेनिमा बृहत स्वास्थ्य शिविर,रक्तदान लगायतका सामाजिक कार्यहरू गर्नुका साथै बिभिन्न पेशा ब्यवसायमा आवद्ध रहेर रुपन्देहिमा बस्ने सिर्सेनि बासि लाई एकताबद्ध गर्ने काम समेत गरेको छ ।