बुटवल,१८ बैशाख ।
नेपालमा केहि हुदैन भनेर युाहरू विदेश पलायन भैरहेका बेला अमेरिकामा परिश्रम गरेर कमाईबाट दुई जना नेपालीले बुटवलमा कराेडाै लगानीमा होटल सञ्चालनमा ल्याएका छन् ।
गुल्मीमा जन्मिएर भारतीय सेनाकाे जागिर छाडेर अमेरिका पुगेका बिष्णु बहादुर कार्की र लालबहादुर खत्रीले बुटवलको इटाभट्टीमा करिब पाँच करोड लगानीमा ह्वाइट पाण्डा होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
होटलकाे आज एक कार्यक्रमकाबिच नेपाली सिनेमाका महानायक राजेश हमालले उद्घाटन गरे ।
साे अवसरमा बाेल्दै महानायक हमालले नेपाली युवाहरू विदेश पलायन भइरहेको अवश्थामा विदेशमा परिश्रम गरेर आर्जन गरेको कमाई आफ्नो जन्मदेशमा लगानी गर्नु आफैमा गौरवको कुरा भएको बताए ।
बिदेशमा बसेर नेपालमा केहि गरौ भन्ने भावनाले स्वदेशमा लगानी गर्नु विदेशमा रहेका अन्य नेपालीहरूमा पनि सकारात्मक सन्देश प्रवाह भएको भन्दै उनलेे यस्तो कार्यलाई राज्यले पनि प्राेत्साहन गर्नुपर्नेमा जाेड दिए ।
लाखौ युवाहरू बिदेश पलायन भईरहेको विषम परिस्थितीमा होटेल का संचालक विष्णु कार्की र लालबहादुर खत्रीले भारतिय सेना हुदै अमेरकाम गयर बिभिन्न संघर्ष गरेर पुन स्वदेश आई नेपालमै केहि गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण दिन सफल भएको भन्दै महानायक हमालले अनुभवले खारिएका ब्यक्तिबाट सञ्चालन भएको होटल ब्यवसाय सफल हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ,होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रूपन्देहीका बरिस्ठ उपाध्यक्ष माधवकुमार खनाल,ग्रिनसिटी अस्पताल काठमाडौंका अध्यक्ष लाेकबहादुर टण्डन,समाजसेवी बुद्धि जिसीलगायतले विदेशमा कमाएको रकम स्वदेशमा लगानी गर्नु स्वागतयोग्य भएको भन्दै यसले विदेशमा रहेका अन्य नेपालीलाई पनि प्रेरणा मिल्ने बताए ।
होटलका सञ्चालक विष्णु बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्का सञ्चालक लालबहादुर खत्रीले स्वागत गर्दै नाफा कमाउने मात्रै भन्दा पनि नाफाको केही प्रतिशत समाजसेवामा लगाउने उदेश्यले होटल सञ्चालन गरिएको बताए ।
हाेटलमा वातानुकुलित १७ काेठासहित ४/५ सय क्षमताको सेमसिनार हल,५०/६० क्षमताको मिटिङ हलकाे सुबिधा रहेको सञ्चालक लालबहादुर खत्रीले जानकारी दिए ।
अन्य खानाका साथै हाेटलमा नेपाली खानालाई बिशेश प्राथमिकता दिइएको सञ्चालक खत्रीले बताए ।
हाल २२ जनालाई राेजगारी प्रदान गरेको होटलले सातै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने योजना रहेको उनलेे जानकारी गराए ।
अमेरिकाकाे टेक्सास स्थित होटल रेडपाण्डाकाे फ्रेन्चाइजीकाे रूपमा बुटवलमा ह्वाइट पाण्डा सञ्चालनमा ल्याइएको सञ्चालककाे भनाइ छ ।