बुटवल,१८ बैशाख ।
बुटवलमा आजदेखि थप एउटा स्तरीय हाेटल सञ्चालनमा आउने भएको छ ।
पाँच कराेड लगानीमा बुटवलको इटाभट्टीमा सञ्चालनमा आउन लागेको हाेटल ह्वाइट पाण्डाकाे आज एक कार्यक्रमकाबिच नेपाली सिनेमाका महानायक राजेश हमालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा इन्देणी दाेहाेरीका कलाकारहरूकाे सांगीतिक प्रस्तुति रहने आयाेजकले जनाएका छन् ।
गुल्मीको तम्घास घर भई हाल रूपन्देहीको शंकरनगर बस्ने लालबहादुर खत्री र बिष्णु बहादुर कार्कीले सञ्चालनमा ल्याउन लागेको हाेटलमा वातानुकुलित १७ काेठासहित ४/५ सय क्षमताको सेमसिनार हल,५०/६० क्षमताको मिटिङ हलकाे सुबिधा रहेको सञ्चालक लालबहादुर खत्रीले जानकारी दिए ।
अन्य खानाका साथै हाेटलमा नेपाली खानालाई बिशेश प्राथमिकता दिइएको सञ्चालक खत्रीले बताए ।
उद्घाटनका अवसरमा होटलमा रक्तदान कार्यक्रम समेत चलिरहेको छ ।