कपिलवस्तु,१७ वैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएका अलीबिरूद्व भष्टाचार मुद्दा दायर गरेको हो ।
घरबाटो सिफारिस दिने क्रममा सेवाग्राहीको घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
पक्राउ परेका.अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको उनलेे बताए ।