स्याङ्जा,१७ बैशाख ।
स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीमा चक्कुले घाँटी रेटेर एक किशोरको हत्या भएको छ । हत्या हुनेमा दाङको राप्ती गाउाँपालिका–३ घर भई हाल बायाँटारीस्थित स्थानीय मुक्ति सारुको घरमा डेरा गरी बस्दै आएका २० वर्षीय आयुष चौधरी रहेका छन् ।

उनको राप्ती घर भई सोही घरमा डेरा गरी बस्दै आएका ३५ वर्षीय निमबहादुर घर्तीमगरले आइतबार राति चक्कुले घाँटीमा प्रहार गरेकाे प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा चिकित्सकले मृत घाेषणा गरेका थिए ।

निमबहादुरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।