काठमाण्डौ,१७ बैशाख ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच प्रतिस्पर्धा हुदैछ ।
खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे कोलकाताको इडन गार्डेनमा शुरु हुनेछ ।
यो सिजनमा अहिलेसम्म ८ खेल खेलेको कोलकत्ता ५ मा जित र ३ मा हार व्यहोरेर तालिकाको दोस्रो स्थानमा रहेको छ । १० खेल खेलेको दिल्ली भने ५ मा जित र ५ मा हार व्यहोरेर १० अङ्ककै साथमा छैटौँ स्थानमा छ । कोलकाता श्रियाश लाइरको कप्तानीमा हुदाँ दिल्ली रिशव पन्तको कम्तानीमा खेलिरहेको छ ।
यसअघि हिजो भएका खेलमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको थियो । यस्तै गुजरात टाईटन्स रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) सँग ९ विकेटले पराजित भएको थियो ।