इलाम,१६ बैशाख ।
उपनिर्वाचन अन्तर्गत इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १००१ मतले अग्रता लिएका छन् ।

सुरूवाती चरणमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता लिए पनि पछिल्लो चरणमा नेम्वाङले अग्रता लिएका हुन् ।
पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार १ मतको अग्रता बनाएका छन् ।

उनले ३७८३ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २७८२ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत पाएका छन् भने रास्वपाका मिलन लिम्बुले ५६१ पाएका छन् ।

हालसम्म इलामको फाकफोकथुम गाउँपालिका १, २, ३, ४, ५ र ६ नतिजा प्रकाशित भएको छ ।