इलाम,१६ बैशाख ।
इलाम र बझाङमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबिचनै प्रतिस्पर्धा देखिएको छ ।
इलाम–२ को जारी मतगणनाकाे पछिल्लो मतपरिणाम अनुसार नेनेपाली कांग्रेस र एमालेका उम्मेदवारबिचनै प्रतिस्पर्धा देखिएको हो ।
पछिल्लो मत मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११५५ मतसहित अग्रता लिएका छन भने एमालेका सुहाङ नेम्वाङले १०७२ मत प्राप्त गरेका छन् ।
पहिचानवादीका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले भन्दा रास्वपाका उम्मेदवार मिलन लिम्बुले कम मत ल्याएका छन् । डकेन्द्रले ३१३ मत पाउँदा मिलनले २११ मत पाएर चौथो स्थानमा रहेका छन् ।
यस्तै हालसम्म २ हजार ८०६ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार धनराज राना मगरले शून्य मतमात्रै पाएका छन् ।
यसैगरी राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङले ६, जनमत पार्टीका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ५ मत पाउँदा एकीकृत समाजवादीका जीत बहादुर राईले ६ मत पाएका छन् ।
उता बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् ।
भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६ सय ५६ पाएका छन् ।
निवार्चन आयोगका अनुसार तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुणाले ४ सय ६१ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३ सय ६९ मत पाएका छन् । राप्रपाका किशोर खड्काले १८ मत पाएका छन् ।