काठमाण्डौ,१६ बैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दैछन् । आज हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) खेल्दैछन् ।
यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अहमदावादमा शुरु हुनेछ । गुजरात नौ खेलमा आठ अङ्कसहित तालिकामा सातौं स्थानमा छ । समान नौ खेलमा चार अङ्क रहेको बेंगलुरु तालिकाको पुछारमा छ ।
आज हुने दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैछ । यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे चेन्नईमा शुरु हुनेछ । चेन्नई आठ खेलमा आठ अङ्गसहित तालिकामा छैठौँ स्थानमा रहेको छ । समान आठ खेलमा हैदराबाद १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । आईपीएल क्रिकेटमा नौ खेलमा १६ अङ्कसहित राजस्थान शीर्ष स्थानमा छ ।