बुटवल,१५ बैशाख ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पाेखरेलले पत्रकारीता क्षेत्रलाई आम नागरिकले अपेक्षा गरेको जस्तो बनाउन सदस्यता शुद्धीकरण अभियान सञ्चालन गरेको बताएका छन् ।
पत्रकार महासंघ रूपन्देहीको १२ औं अधिवेशन तथा साधारणसभाकाे उद्घाटन गर्दै अध्यक्ष पाेखरेलले सदस्यता शुद्धीकरण अभियानलाई अंकगणितकाे हिसाबले,कसैलाई सिद्वाउने हिसाबले र कसैलाई बलियो बनाउने अर्थमा नबुझ्न आग्रह गरे ।
पछिल्लो समय पत्रकारीता क्षेत्र प्रति विभिन्न खाले टीका टिप्पणी हुने गरेको भन्दै उनलेे गुम्न थालेको पत्रकारीताकाे साख जाेगाउनु अहिलेकाे चुनाैती रहेको बताए ।
राज्यका सबै निकायप्रतिकाे विश्वास स्खलित हुदै गएको भन्दै उनलेे राज्यका जिम्मेवार निकायलाई सहि ट्रायाकमा हिडाउन पनि पहिला पत्रकारीता क्षेत्र आफै शुद्व हुन जरुरी रहेको उल्लेख गरे ।
पछिल्लो समय मिडियाको दुरुपयोग गर्ने र नियन्त्रण गर्ने दुस्प्रयास हुन थालेको भन्दै उनलेे त्यसप्रति सचेत हुनुपर्नेमा जाेड दिए ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रले असल संस्कृति र असल संस्कारकाे विकास गर्नुपर्नेमा बताउदै पत्रकार महासंघलाई साझा चरित्रकाे बनाउनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल, पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याललगायतले आ आफ्नो भनाइ राखेका थिए ।
साे अवसरमा पत्रकार टाेपराज शर्मा, कपिल ज्ञवाली र दीपक घिमिरेलाई उत्कृष्ट पत्रकारीता पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।