बुटवल,१४ बैशाख ।
सहकारी प्रकरणमा मुछिएका दीपेश पुन आज धरौटी रकम जम्मा गरी रिहा भएका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि पुन धरौटी रकम जम्मा गरेर रिहा भएका हुन् । जिल्ला अदालत रुपन्देहीमा चार लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको रुपन्देही प्रहरीले जनाएको छ ।
गएको शुक्रवार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना गत शुक्रवार नै छुटेका थिए । तर धरौटी बुझाउन नसकेपछि पुन कारागारमा थिए । उनी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।
पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सीआईबी दाबी छ । यद्यपि, प्रहरी प्रधान कार्यालय स्रोत भने पुनले आफैं हाजिर हुने बताएकाले उनलाई तत्काल नियन्त्रणमा नलिइएको हो ।