बुटवल,१५ साउन ।
नेपाल ओकिनवा गाेजुरियाे कराते डाे एशाेसियशनकाे रूपन्देही जिल्ला कार्यसमिति गठन भएको छ ।

एशाेसियशनकी केन्द्रीय अध्यक्ष डा तिलकुमारी गलामी रानाकाे अध्यक्ष ता र बुटवल उपमहानगरपालिकाका पुर्व मेयर रूपसिं थापाको प्रमुख आतिथ्यता रूपन्देही जिल्ला कार्य समिति गठन भएको हो ।

चिरञ्जीवी भण्डारी (चिरन क्षेत्री ) काे अध्यक्षतामा नाै सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

कार्य समितिकाे उपाध्यक्ष युवराज क्षेत्री र सचिवमा कमल जिसी चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रूपसिं थापाले खेलकुद स्वास्थ्य र अनुशासनका लागि मात्रै नभएर आर्थिक उपार्जनकाे माध्यम भएको भन्दै लगनशील भएर लाग्नुपर्नेमा जाेड दिए ।

साे अवसरमा मिलन कला केन्द्र बुटवलकि सञ्चालक मिना बुढाथोकी,नवगठित कार्य समितिका अध्यक्ष चिरञ्जीवी भण्डारी (चिरन क्षेत्री ) लगायतले आ आफ्नो भनाइ राखेका थिए ।