बुटवल,१२ बैशाख ।
अर्घाखाँची बाट बुटवलका लागि छुटेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
अर्घाखाँचीको सन्धिखर्कदेखि बुटवलका लागि छुटेको लु १ ज ४८७३ नम्बरको विद्युतीय गाडी सितगँगा नगरपालिका–२ सितापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।
दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइते मध्ये कपिलवस्तु शिवराज नगरपालिका-५ निवासी ७० वर्षीया रमा अधिकारीको अवस्था गम्भिएर भएकाले थप उपचारका लागि बुटवल ल्याइएको छ । अन्य ६ जना घाइतेहरुलाई स्थानीय ठाडा स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी निरीक्षक रावलले बताए ।
बुधबार दिउँसो साढे २ बजेको समयमा जिप आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । जिपमा १४ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।