पाल्पा,२७ चैत ।
नेपाल निजामित कर्मचारी युनियन पाल्पाकाे आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदनप्रदान एवम् भित्ते पात्रो र टेबल पात्रो विमोचान कार्यक्रम सम्पन्न भएको छ ।

युनियनका जिल्ला अध्यक्ष रवी अर्यालको सभापतत्व र नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको प्रमुख आथ्यितामा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले पाल्पाको कर्मचारी युनियनको कार्यसमिति देशभरकै संक्रिय र सक्षम कार्यसमिति भएको भन्दै अझ संक्रियताको साथ आफ्ना गतिविधि अघि बढाउन आग्रह गरे ।

इमान्दार र क्षमतावान रवि अर्याल नेतृत्वको कर्मचारी युनियनको जिल्ला कार्य समितिले सम्रग कर्मचारीको हित हुने गरि काम गरेको भन्दै सभापति श्रेष्ठले युनियनलाई अझ मजबुत बनाउनुपर्नेमा जाेड दिए ।

युनियनका अध्यक्ष आर्यालले पाल्पाको कार्यसमिति आर्थिक र संगठनिक पक्षबाट बलियो रहेको भन्दै आगमी दिनमा युनियनको तर्फबाट थप रचनात्मक शैलीबाट अघि बढ्ने बताए । भित्ते पात्रो प्रकाशन र यसको भुत्तानी पाउने विषय आफैमा चुनौतिपूर्ण रहेपनि कर्मचारी यूनियन पाल्पाले ठुलो हिम्मत र उत्साहाका साथ जोखिम नै मोलेर भए पनि भित्ते पात्रो प्रकाशनलाई निरन्तरता दिएको बताए ।

कार्यक्रम युनियनका सचिव ओम प्रकाश न्यौपानेकाे सञ्चालनमा भएको थियो ।