बुटवल,२५ चैत ।
संयुक्त अटो रिक्सा मजदुर समितिले बुटवलमा बिराेध प्रदर्शन गरेको छ ।

आफ्नो हक हितका लागि बुटवल उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउन गएका अटो रिक्सा मजदुरहरूमाथी प्रहरीले लाठीचार्ज गरेको बिराेधमा प्रदर्शन गरिएको संयुक्त अटो रिक्सा मजदुर समिति बुटवलका अध्यक्ष फुल कुमार चाैधरीले बताए ।

विभिन्न माग राखेर ज्ञापनपत्र बुझाउन गएका स्वराेजगार मजदुरहरूमाथी बुटवल उपमहानगरपालिकाले प्रहरी लगाएर लाठीचार्ज गराएको उनको आराेप छ ।

प्रहरीको लाठीचार्जबाट कैयौं मजदुर घाइते भएको बताउदै अध्यक्ष चाैधरीले प्रहरी लगाएर मजदुरलाई कुटपिट गराएर उपमहानगरपालिकाले अटो रिक्सा मजदुरले नगरका पदाधिकारीमाथि आक्रमण गरेको झुटाे प्रचार गरेको दाबी गरे ।

संयुक्त अटो रिक्सा मजदुर समितिका सचिव भेषराज पाैडेलले ब्यवसायीक हक हितका लागि ज्ञापनपत्र बुझाउन गएका मजदुरमाथि उपमहानगरपालिकाले प्रहरी लगाएर लाठीचार्ज गराउदा केही मजदुर घाइते भएको र कतिपय अटो रिक्सा मजदुरका कागजपत्र समेत प्रहरीले कब्जामा लिएको बताए ।

बुटवलको राजमार्ग चाैराहबाट सुरु भएको अटो रिक्सा सहितको बिराेध जुलुस मिलन चाैक,बसपार्क,अस्पताललाइन हुदै ट्राफिक ताेकमा पुगेर काेणसभामा परिणत भएको थियो ।

उनिहरूले अटो रिक्सा सञ्चालनका लागि दाेहाेराे बिलबुक,दाेहाेराे कर हटाउनुपर्नेलगायतका माग गरेका छन् ।