बुटवल,२५ चैत ।
मोहन बैद्य ‘किरण’ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल लुम्बिनी प्रदेश संगठन समितिकाे आयोजनामा प्रदेश राजधानी भालुवाङमा जनसभा सम्पन्न भएको छ ।

३५ औं जनआन्दोलन दिवसको अवसरमा शनिवार आयाेजित जनसभा अघि हजार बढी श्रमजिवीहरुले संसदीय ब्यवस्थाको बिरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरेका थिए ।

सभामा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदी, अर्का कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख केबी गुरुङ, सचिवालय सदस्य टिकाराम पौडेल, बिद्यार्थी नेता दीपक बिष्ट, नेकपा(मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारीले मन्तब्य राख्दै क्रान्तिकारीहरु एकताबद्ध हुदै सर्बहारावर्ग माथि भएका शोषण दमन अन्त्य गर्ने उद्घोष गरे ।

सचिवालय सदस्य तथा प्रदेश संयोजक श्यामबहादुर बोहोराको अध्यक्षता, सचिवालय सदस्य तथा प्रदेश सह संयोजक निरज केसीको संचालनमा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य नारायण भण्डारीले कविता वाचन तथा जनसांस्कृतिककर्मी जयफूल्लाह हसनले गीत प्रस्तुत गरेका थिए ।