बुटवल,२४ चैत ।
प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लिमिटेड बुटवलकाे साताै बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाकाे शनिबार एक कार्यक्रमकाबीच सामुदायिक विद्युत सहकारी संस्था महासंघका सचिव यमबहादुर पछाईले उद्घाटन गरे ।

साे अवसरमा बाेल्दै महासंघका सचिव पछाईले सामुदायिक बिद्युत बितरक संस्था मार्फत प्रदान गरिने सेवा प्रभावकारी भएको दाबी गरे ।

कुशल ब्यवस्थापन भएमा समुदाय स्तरबाट गरिने हरेक कार्य प्रभावकारी हुने भन्दै उनलेे सामुदायिक बिद्युत सहकारी संस्थाबाट भएका सेवा पनि प्रभावकारी देखिएको बताए ।

प्रगतिनगर सामुदायिक बिद्युत सहकारी संस्थाका अध्यक्ष जितबहादुर मल्लकाे सभापतित्वमा सम्पन्न साधारणसभामा अध्यक्ष मल्लले बार्षिक प्रतिवेदन,काेषाध्यक्ष नारायण सारूबाट आर्थिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समिति संयोजक राजेश बहादुर बुढाथोकीबाट लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकि कार्यपालिका सदस्य हेमा थानी,बुटवल उपमहानगरपालिका वडा नं ११ कि वडा सदस्य माया दर्नाल,संस्थाका उपाध्यक्ष कैलाश बहादुर खड्गी,सचिव गाेपाल केसी लगायतले सामुदायिक बिद्युत सहकारी संस्थाकाे भुमिका र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

साे अवसरमा संस्थाले प्रकाशन गरेको भित्ते पात्राेकाे बिमाेचन समेत गरिएको थियो ।