पाल्पा,२३ चैत ।
पाल्पाको अर्गलीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुटवलबाट गुल्मी जादै गरेको ना १ ज ७९५३ नम्बरको जिप शुक्रबार अपराह्न तानसेन नगरपालिका १४ अर्गली नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी गुल्मी मुसिकोट नगरपालिका १ की ६७ वर्षीया ईश्वरा घिमिरे, ८ वर्षीया सुप्रिया घिमिरे, पाल्पा रिव्दीकोट गाउँपालिका ६ ठिमुरेकी २४ वर्षीया रेखा रोका र बागलुङ बडिगाड गाउँपालिका ५ की ९ वर्षीय अतिस पाइजा घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेहरुलाई गुल्मीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्लाका प्रहरी कार्यालय पाल्पाका सूचना अघिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । चालक नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।