बुटवल,२३ चैत ।
पश्चिम नेपाल बस ब्यबसायी प्रालि.को दोश्रो अधिबेशनबाट निर्वाचित ११ सदस्सिय संचालक समितिको सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

अधिबेशनबाट तत्कालिन अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल बिजयी भएको थियो ।

प्रालिको बिधान अनुसार कुल १३ सदस्सिय संचालक समितिमा २ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ ।

प्रालिका नवनिर्वाचित संचालकहरुको सपथग्रहण र पदस्थापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले समृद्ध शहर निर्माणमा यातायात ब्यबसायीहरुको भुमिका महत्वपुर्ण हुने बताए ।

यातायात क्षेत्रका समस्या समाधान गर्न आफु सदैव तत्पर रहेकाे भन्दै नगरप्रमुख पाण्डेले समस्या समाधानका लागि स्थानिय सरकार यातायात ब्यबसायीहरुसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात ब्यबसायीहरुले आफ्नो हकहित संरक्षणका साथै सामाजिक बिकासमा पुराएको योगदानको चर्चा गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा तिनै तहका सरकारसँग सहकार्य गरेर
अघि बढ्न सकिने धारणा ब्यक्त गरे ।

मुलुकको समग्र बिकासमा यातायात ब्यबसायी र मजदुरहरुको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्दै उनलेे यातायात क्षेत्रको पुर्वाधार बिकासमा समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रालिका सल्लाहकार नरिश्वर शर्मा पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा,बुटवल यातायात प्रालिका प्रबन्ध संचालक दिपक श्रेष्ठ, निर्वाचन समितिका
संयोजक रामराज पोखरेल, सदस्य दिनेश पाण्डे, अर्का सदस्य तुलसीराम बन्जाडेलगाएतले आ आफ्नो भनाइ राखेका थिए ।

यसैबिच आजै नवनिर्वाचित समितिको बैठक बसी बिभिन्न निर्णयहरु गरेको छ । बैठकले समितिको अध्यक्षमा दधिराम खरेललाई सबर्वसम्मत चयन गरेको छ ।

यसैगरि बैठकले प्रबन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पि.एस.लाई सर्वसम्मत चयन गरिएको अध्यक्ष दधिराम खरेलले जानकारी दिए ।

साथै समितिको दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापन प्रमुखमा नारायण प्रसाद घिमिरे, ब्यबसायी संरक्षण कोष प्रमुखमा गोपाल बहादुर पौडेल, कल्याणकारी बिभाग प्रमुखमा जिवनकुमार बन्जाडे, क्यु बिभाग प्रमुखमा चेतनारायण
बेलबासेलाई चयन गरिएको अध्यक्ष खरेलले बताए ।