बुटवल,२३ चैत ।
कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई मुद्दा पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
शुक्रबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई मुद्दा पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
सर्वोच्च अदालतबाट बुधबार साँझ मिसिल आइपुगेपछि हिजो खामको बयान सुरू भएको थियो । तर, वादीका तर्फबाट तीन र प्रतिवादी खामका तर्फबाट दुई जनामात्रै अधिवक्ताले बहस गर्न भ्याएपछि मुद्दा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
१५ वर्षदेखि फरार रहेका खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरी चितवन अदालतमा पेश गरिएको थियो ।








