बुटवल,१८ चैत ।
बुटवलमा यही चैत २४ गतेदेखि कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्विचाल प्रतियोगिता हुने भएको छ ।

बुद्विचाल संघ बुटवल उपमहानगर समितिकाे आयोजनामा यही चैत २४ गतेदेखि २७ गतेसम्म बुटवलको बेलवासमा अन्तर्राष्ट्रिय बुद्विचाल प्रतियोगिता हुन लागेको हो ।

आयाेजक बुटवल उपमहानगरपालिका बुद्विचाल संघले आज पत्रकार सम्मेलनकाे आयोजना गरि कार्यक्रमकाे तयारी बारे जानकारी गराएको हो ।

नेपालसहित भारत,बंगलादेश,अमेरिका,फ्रान्सलगायतका देशबाट दुई सय बढी खेलाडीकाे सहभागीता रहने प्रतियोगिता संयोजक माधव प्रसाद प्रधानले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका बुद्विचाल संघका अध्यक्ष सुधिर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष नारायण सिं पुन, बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका संयोजक बाेनिन पिया,पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,संघका सल्लाहकार हरिश ढकाललगायतले प्रतियोगिताको महत्त्व र उदेश्य बारे आ आफ्नो भनाइ राखेका थिए ।

नेपाल अंग्रेज युद्धमा अंग्रेज फाैजलाई हराउन सफल कर्णेल उजिरसिंह थापाकाे स्मृतिमा आयाेजित अन्तर्राष्ट्रिय प्रतियोगिताले बुटवलको पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।