बुटवल,१ चैत ।
रूपन्देहीको कोटहीमाई गाउँपालिका ५ मा बिहीबार अपराह्न भएको ट्र्याक्टर दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् ।
भागवत पूजाको लागि जल भर्न गइरहेका सर्वसाधारण बोकेको ट्र्याक्टर बिहीबार अपराह्न कोटहीमाई गाउँपालिका ५ मा दुर्घटनामा भएको हो ।
इलाका प्रहरी मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेका अनुसार कोटहीमाई ७ बाट जल भर्नका लागि सर्वसाधारण बोकेर गएको लु १ त ५५४७ नम्बरको ट्र्याक्टर कोटहीमाई ५ मा पल्टिएको थियो ।
दुर्घटनाका घाइतेलाई उपचारका लागि भैरहवाको भिम र सिटी अस्पतालमा पुर्याइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । घाइतेको संख्या बढ्ने सक्ने उनले बताए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।








