बुटवल,२९ फागुन ।
लुम्बिनी प्रदेशका पूर्व प्रमुख धर्मनाथ यादवको निधन भएको छ ।

सिरहाको सुखिपुर नगरपालिका ६ का यादवको ७० वर्षको उमेरमा आज निधन भएको हो । घरमै निधन भएका यादवको भोलि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

स्थायी शिक्षक रहेका उनले राजीनामा दिएर नेकपा एमालेबाट ०४८ र ५१ को मध्यावधि चुनाव लडे पनि पराजित भएका थिए ।

इमानदार नेताको छवि बनाएको उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ मा लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।