बुटवल,२९ फागुन ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं १५ काेटिहवा स्थित नाेवेल इन्भारमेन्ट एकेडेमीद्वारा आयाेजित छैठौं माष्टर एण्ड मिसेस नाेवेल आइकन सम्पन्न भएको छ ।

साेमबार राति सम्पन्न प्रतियोगिता अन्तर्गत प्रि प्राइमरी लेवलकाे पुरूष तर्फ हिमान्सु आले र महिला तर्फ सायरा राना विजेता बनेका छन् ।

प्राइमरी लेवलकाे महिला तर्फ एन्जल गिरी र पुरूष तर्फ युनिश अधिकारी विजेता घाेषित भए ।

त्यस्तै बेसिक लेबलबाट महिला तर्फ अनुस्का कुँवर
र पुरूष तर्फ सफल जिमी विजेता बन्न सफल भएका छन् ।
नाेवेल इन्भारमेन्ट एकेडेमीका अध्यक्ष पुर्ण बहादुर गुरूङकाे सभापतित्व र घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय सदस्य
बसन्त राेका क्षेत्रीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राेका ले यस्ता प्रतियोगिताले विद्यार्थीमा अन्तरनिहित क्षमताको उजागर हुने बताए ।
विद्यार्थीकाे भविष्यकाे गन्तव्य प्रिप्राइमरी लेवलबाटै तय हुने भन्दै उनलेे सानै उमेरमा हुने असल संंगत र अभ्यासलेनै विद्यार्थीकाे भविष्य उज्ज्वल हुने उल्लेख गरे ।
असल संगत र तालिमले आफू किसानबाट उद्योगी बन्न सफल
भएको बताउदै उनलेे आफुले एक विद्यार्थीकाे अभिभावकत्व लिने घाेषणा समेत गरे ।
नीति निर्माताले राम्रो नीति निर्माण नगर्दा निजी विद्यालय र उद्योगहरू मर्कामा परेको बताउदै राेका ले नीति निर्माताले सहि नीति ल्याउन सके नेपालमै युवाहरूको भविष्य रहेको धारणा राखे ।
कार्यक्रममा पशुपति क्याम्पस काेटिहवाका क्याम्पस प्रमुख जित बहादुर रास्काेटी, पशुपति मा वि का प्रधानाध्यापक बेदनारायण भट्टराई,गुरूङ समाज मधवलीयाका पुर्व अध्यक्ष गजबहादुर गुरूङलगायतले विद्यार्थीहरूले प्रदर्शन गरेको क्षमताले एकेडेमीकाे शैक्षिक र अन्य क्षमता उजागर गरेको भन्दै एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूकाे भविष्य उज्ज्वल हुने विश्वास ब्यक्त गरे ।
नाेवेल इन्भारमेन्ट एकेडेमीका कार्यकारी निर्देशक सुन्दर गुरूङ र प्रिन्सिपल खिनु गुरूङले कुनै पनि विद्यार्थी शून्य र सतप्रतिसत नहुने भन्दै सबै विद्यार्थीमा कुनै न कुनै क्षमता हुने भएकोले हरेक विद्यार्थीमा रहेको फरकफरक क्षमताको उजागर गर्न यस्तो प्रतियोगिता आयोजना गरिएको जानकारी गराए ।
प्रतियोगिताको निर्णायक मण्डलामा बास्तविकता श्रीवास्तव र
निराज बरई रहेका थिए ।
प्रतियोगितामा कस्ले के उपाधि प्राप्त गरे हेर्नुस् सुची
Miss cute – keshav gaha and Binisha pun (pre-school)
Most discipline- Sangam thapa,yunisha gurung
Most talent- Himanshu ale, jenisha pware sandya tarami,sidhika basyal, jenisha paware
Most confidence – Raman Hitang and Anuska kunwar.
Most Active-Parnav pun and Rkchya pandey
Most charming – Rihan pun miyang thapa
Most Higinic – kesav gaha and sayara rana
Best smile-Laxima gautam and Himashu ale
Best Work – Silvi karki and Sangham thap
Best Personitilty -Yujin chantyal and Anuska kunwar
Best performer – Yunik Adhikar and yunisha gurung
Best skin- Anjal giri and Rihan pun
Best photogenic – Sayera rana rojan rana silvi karki sumit tharu prinshu pun
Pre school girls –
Winner-Sayara Rana
First Runner Up- Binisha pun
2nd runner -Yunisha Gurung
3rd Runner Up-Shiddika Bashyal
pre school boys-
winner -Himansu Ale
1st Runner Up-Rohan Thapa
2nd Runner Up- Parnav pun
Primary girls –
Winner -Anjal Girl
1St runner up – Janisha paware
2nd Runner Up-Laxima gautam
3rd Runner up-Prinsha pun
primary boys –
winner -Yunik Adhikari
1st runner up- Yoojin chhantyal
2nd Runner up- Rihan pun
3rd runner up-Keshav gaha
Basic boys-
Winner-Safal Jimi
1st Runner Up-Sangam thapa
2nd runner up-Sumit tharu
Basic girls-
Winner-Anuska kunwar
1st Runner up- Silvi karki
2nd Runner up- Rakshya pandey
3Runner up- Sandhya Tarami
viewer choice -Miyan Thapa
Organizer choice- Roman hitang.








