दाङ,२८ फागुन ।
बसको ठक्करबाट सोमबार बेलुका दाङमा एक साइकल यात्रीको मृत्यु भएको छ ।

बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा लमही नगरपालिका–४ का ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बजारबाट साइकलमा घर फर्कदै गरेका पौडेललाई बसले लमही नगरपादिलका–३ वनगाउँ नजिकै ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।