कपिलबस्तु,२८ फागुन ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले जनआन्दोलन दिवस मनाउन पार्टीको केन्द्रीय सचिवालय सदस्य निरज केसीको संयोजकत्वमा २५ सदस्सीय जनआन्दोलन दिवस परिचालन समिति गठन गरेको छ ।
जनआन्दोलन दिवस परिचालन समितिमा पार्टीका सचिवालय सदस्यद्वय तिलक पुन र टिकाराम पौडेल केन्द्रीय सदस्यहरु डाक्टर थारु, होम बहादुर खड्का,क्षेत्र बहादुर थापा,निमकला पुन,टिका राना, नारायण भण्डारी , मोतीराम खड्का, झलक बिश्वकर्मालगायत रहेका छन् ।
त्यस्तै उक्त समितिमा जनवर्गीय तथा मोर्चा संगठनबाट समेत प्रतिनिधित्व गराइएको छ । जसमा रामजी थारु,नरेन्द्र बन्जाडे,दिपक बिष्ट, नविन खड्का , तिलक बिक, मनोज थापा, सन्देश सापकोटा, इन्दु वली, संगीन थापा, संग्राम थापा,अमर खड्का, मन्जित, बिक्रम, शिशिरलगायत रहेका छन् ।
पार्टीका बिभिन्न तहका नेता कार्यकर्ता एंव जनवर्गीय मोर्चा संगठनका प्रदेशका मुख्य नेतृत्व सम्मिलित समितिको बैठक सोमवार कपिलबस्तुको बाणगंगास्थित सिउटीमा सम्पन्न भएको संयोजक केसीले जानकारी दिए ।
उनका अनुसार बैठकले २०८० चैत्र २४ गते संर्घषको रुपमा जन आन्दोलन दिवस मनाउने र दिवसको क्रममा भालुबाङमा प्रदेशस्तरको जनसभागर्ने निर्णय गरेको छ । जन सभाका लागि आवश्यक उप समितिहरु समेत गठन गरिएको केसीको भनाई छ । सो अवसरमा अर्घाखाँची ईन्चार्ज समेत रहेका पार्टीका केन्द्रीय सदस्य होमबहादुर खड्कालाई हिरासत बसाई बसेर रिहा हुनुभएकोमा बधाई तथा सम्मान गरिएको सो पार्टीले जनाएको छ ।








